चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २३ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा पहिलो जित दर्ता गरेको छ।
चेन्नईमा शनिबार भएको खेलमा चेन्नईले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो। जवाफमा दिल्ली १ सय ८९ रनमा अलआउट भएपछि चेन्नई २३ रनले विजयी भयो।
चेन्नईका लागि ओपनर सन्जु स्यामसनले शानदार शतक प्रहार गरे। उनले ५६ बलमा १५ चौका र ४ छक्कासहित अविजित १ सय १५ रन बनाउँदै टोलीलाई ठूलो स्कोरसम्म पुर्याए।
त्यस्तै आयुष म्हात्रेले ५९ रन (रिटायर्ड आउट) जोडे । शिवम् दिनेले १० बलमा २ चौका र ६ छक्कासहित नटआउट २० रन बनाए । दिल्लीका कप्तान अक्षर पटेलले १ विकेट लिए। २ सय १३ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि ट्रिस्टन स्टब्सले ३८ बलमा ४ चौका र ३ छक्कसहित ६० रन बनाए ।
ओपनर पथुम निसांकाले २४ बलमा ५ चौका र २ छक्कासहित ४१ रन जोडे। तर बढ्दो रनरेटका कारण दिल्ली लक्ष्य नजिक पुग्न सकेन। चेन्नईका लागि जेमी ओभरटनले उत्कृष्ट बलिङ १८ रन खर्चिए ४ विकेट लिए। त्यस्तै अंशुल काम्बोजले ३ विकेट लिए।
सामसनको शतक र ओभरटनको घातक बलिङसँगै चेन्नईले यो सिजनको चौथो खेलमा पहिलो जित हासिल गरेको छ।


