डि.ई इभेन्टको आयोजनामा ‘ग्ल्याम भोग नेपाल’ सम्पन्न, अमन झगड बने सर्वाधिक लोकप्रिय


काठमाडौं, फागुन — काठमाडौंको म्युजिक सिटिमा फेसन तथा व्यक्तित्व विकाससँग सम्बन्धित विशेष कार्यक्रम “ग्ल्याम भोग नेपाल” भव्य रूपमा सम्पन्न भएको छ। डि.ई इभेन्टको आयोजनामा भएको यस प्रतियोगिताले युवाहरूमा रहेको आत्मविश्वास र प्रतिभालाई उजागर गर्ने एउटा सशक्त माध्यम प्रदान गरेको छ।

अमिषा ओलीको मुख्य संयोजनमा सम्पन्न यस कार्यक्रमको कोरियोग्राफी तथा सञ्चालन चर्चित कोरियोग्राफर रोजिन शाक्यले गर्नुभएको थियो भने कार्यक्रम समन्वयको भूमिका बिबश सिंह थापाले निभाउनुभएको थियो।

 

विजेता तथा उपविजेताहरू

प्रतियोगितामा अमन झगड र अदिति कर्णले मुख्य उपाधि हात पारेका छन्। यस्तै, शंकर क्षेत्री र बिनी श्रेष्ठ प्रथम उपविजेता तथा मेसुन्न थापा द्वितीय उपविजेता घोषित भए। दर्शकहरूको मन जित्दै अमन झगड ‘मस्ट पपुलर’ बन्न सफल भए भने दर्शक रोजाइ (भ्युअर्स च्वाइस) तर्फ बिनी श्रेष्ठ र शंकर क्षेत्रीले बाजी मारे।

विविध विधागत पुरस्कार

कार्यक्रममा सहभागीहरूको विशिष्ट क्षमताका आधारमा विभिन्न विधामा अवार्डहरू वितरण गरिएको थियो:

  • बेस्ट वाक: अदिति कर्ण र रिवाज थापा

  • फोटोजेनिक: मेसुन्न थापा

  • बेस्ट ट्यालेन्ट: रिवास थापा र अदिति कर्ण

  • अनुशासित: बिनी श्रेष्ठ र अमन झगड

  • पर्सनालिटी: सुसन तामाङ

  • अर्गनाइजर च्वाइस: मनीषा लामा र सुनिल मगर

यसका साथै उत्कृष्ट शरीर, मुस्कान, मल्टिमिडिया, मिलनसार, समयपालन, सुन्दर कपाल र नेतृत्व लगायतका विधाहरूमा पनि प्रतिभाहरूलाई पुरस्कृत गरिएको थियो।

निर्णायक मण्डल

फेसन र ग्ल्यामर क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले प्रतियोगिताको मूल्यांकन गरेका थिए। निर्णायक मण्डलमा फेसन उद्यमी शैलेन्द्र श्रेष्ठ, निर्देशक माधवराज खरेल, मिडियाकर्मीहरू सोनितराज ढुंगेल र अरुणा श्रेष्ठ, व्यवसायी सोनि श्रेष्ठ तथा मोडल नेहा गौतम रहनुभएको थियो।

आयोजकका अनुसार यस कार्यक्रमले नयाँ पुस्ताको सिर्जनशीलतालाई प्रवर्द्धन गर्दै नेपाली फेसन क्षेत्रलाई अझ व्यावसायिक र मर्यादित बनाउने लक्ष्य राखेको छ।


प्रकाशित मिति : २०८२ फाल्गुन ११, सोमबार गते

धेरै पढिएको

ताजा समाचार