अन्तर्राष्ट्रिय बजारको प्रभाव: नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि वृद्धि


 स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  प्रतितोला सुन तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार २४० कायम भएको छ ।

सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार २९ र त्यति नै चाँदी ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रकाशित मिति : २०८२ माघ २८, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार