जुम्लाका खेलाडीका लागि खेल पोशाक हस्तान्तरण गर्दै रोकाया सम्मान समारोहमा सहभागी


प्रयास मञ्च नेपालले ओलम्पियन धावक हरिबहादुर रोकायालाई मंगलबार सम्मान गरेको छ । खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै रोकायालाई सम्मान गरिएको हो ।

एभरेष्ट म्यानराथनमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल रोकायाले नेपालको प्रतिनिधित्व २ पटक ओलम्पिक, एसियाली खेलकुद, ४ दक्षिण एसियाली खेलकुदलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन् ।

रोकाया जुम्लामा एथलेटिक्स खेलाडी उत्पादनमा पनि सक्रिय छन् । सोही अवसरमा दक्षिण एसियाली भेट्रान एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता पुष्पलाल श्रेष्ठ र समाजसेवी बम भण्डारीलाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्की र गीतकार समेत रहेका भेट्रान धावक बुद्धवीर लामाले दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।

त्यसै अवसरमा बुद्धवीर लामाले जुम्लाका एथलेटिक्स खेलाडीका लागि खेल पोशाक पनि रोकायालाई हस्तान्तरण गरेका थिए ।


प्रकाशित मिति : २०८२ माघ २८, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार