पोखरामा शनिबारदेखि साफ यु-१९ महिला फुटबल हुने


पोखरामा पहिलो पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्डर नाइन्टिन महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

पोखरा रङ्गशालाको फुटबल मैदानमा हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी हुने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगिता माघ १७ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल  फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश साहका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ ।

साफका महासचिव पुरुषोत्तम कट्टेलले साफमा सहभागी हुने टिम बिहीबार पोखरा आइपुगेको जानकारी दिनुभयो । कट्टेलका अुनसार प्रतियोगिताको लागि नेपाली यु-१९ टोली बन्द प्रशिक्षणमा रहेको छ भने मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ रहनु भएको छ ।

महिला साफमा सहभागी हुने टिमलाई पोखाको लामचौरस्थित घोस्ते खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।प्रतियोगिता सम्पन्न गर्न दुई करोड ४५ लाख लाग्ने अनुमान गरिएको  छ ।


प्रकाशित मिति : २०८२ माघ १७, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार