सलमानले जन्मदिनमा सार्वजनिक गरे ‘ब्याटल अफ गलवान’ को टिजर (भिडिओ)


बलिउड अभिनेता सलमान खानले आफ्नो ६० औं जन्मदिनको अवसरमा आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक गरेका छन्।

उनले शनिबार आफ्नो जन्मदिनमा फिल्मको १ मिनेट १२ सेकेन्ड अवधिको टिजर सार्वजनिक गर्दैै फ्यान तथा प्रशंसकलाई उपहार दिएका हुन्।

टिजरमा सलमानलाई मात्रै देख्न सकिन्छ। उनी एक भारतीय सेनाको अफिसरको भूमिकामा देखिएका छन्। पहाडी युद्धभूमिको दृश्य देखिने टिजरले ऊर्जा र देशभक्तिको भावनात्मक प्रस्तुति दिन्छ। सलमानको चरित्रलाई युद्धभूमिमा दृढ उर्जा र प्रतिबद्धतासहित प्रस्तुत गरिएको छ।

अपूर्व लाखिया निर्देशित फिल्मले सन् २०२० मा भारतीय र चिनियाँ सेनाबीचको गलवान उपत्यकाको झडपलाई प्रस्तुत गर्नेछ। यसमा नेपाली अभिनेता अनुपविक्रम शाहीको पनि अभिनय छ।

सलमान खान फिल्मस्को प्रस्तुति ‘ब्याटल अफ गलवान’ निर्माण घोषणादेखि नै चर्चामा छ। यसको प्रदर्शन सन् २०२६ को अप्रिल १७ मा हुने तालिका तय छ।


प्रकाशित मिति : २०८२ पुष १३, आईतवार गते

धेरै पढिएको

ताजा समाचार