नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रमुख प्रशिक्षक स्टुअर्ट ल नेपाल यु १९ टोलीलाई परामर्श दिन र अनुगमन गर्न टोलीमा आबद्ध भएका छन्।
युएईमा जारी एसिसी पुरुष यु १९ प्रिमियर कप मा भाग लिइरहेका नेपाली युवा टोलीको परामर्श र अनुगमनका लागि प्रशिक्षक ल औपचारिक रुपमा आबद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।
प्रशिक्षक लले यु १९ टोलीलाई आवश्यक सहयोग र परामर्श दिनेछन् । टोलीको प्रशिक्षकमा मन्जित श्रेष्ठ रहेका छन्। यु १९ मा नेपाल समूह चरणमा साउदी अरेबिया र हङकङसँग रहेको छ ।
युएईमा गत महिना राष्ट्रिय टोलीले क्रिकेट विश्वकप लिग टु को त्रिकोणात्मक सिरिज खेलेपछि प्रशिक्षक ल त्यहिबाट स्वदेश अस्ट्रेलिया फर्केका थिए।

