लिभरपुलले प्रिमियर लिगमा लगातार चौथो हार ब्यहोरेको छ। शनिबार ब्रेन्टफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुललाई ३-२ ले हरायो।
खेलको पाँचौं मिनेटमै माइकल कायोडेको लामो थ्रोबाट आएको बल डाङ्गो औआताराले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर केभिन साडेले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए।
लिभरपुलका मिलोस केर्केजले दोस्रो हाफमा एक गोल फर्काए । तर भर्जिल भान डाइकको गल्तीका कारण ब्रेन्टफोर्डलाई पेनाल्टी पायो । ६० औं मिनेटमा इगोर थियागोले त्यसबाट गोल गर्दै स्कोर ३-१ बनाए।

खेल सकिन १ मिनेट बाँकी रहँदा मोहम्मद सालाहले गोल गरे । तर त्यसपछि टोलीले बराबरी गोल गर्न सकेन।
यस हारसँगै लिभरपुल (१५ अंक) लिग तालिकाको छैटौँ स्थानमा पुगेको छ । ब्रेन्टफोर्ड (१३अंक) शीर्ष दसमा उक्लिएको छ।
युनाइटेडको लगातार तेस्रो जित

ब्रायन म्बेउमोले दुई गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ४-२ ले हरायो । यो जितसँगै युनाइटेडले प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ।
पहिलो हाफमा म्याथेउस कुन्याले र कासिमेरोले गोल गर्दै युनाइटेडलाई सहज अग्रता दिलाए। ६१औं मिनेटमा म्बेउमोले गोल गर्दै स्कोर ३-० बनाए।
तर अन्त्यतिर ब्राइटनले पुनरागमन प्रयास गर्यो। पूर्व युनाइटेड खेलाडी डेनी वेलबेकले शानदार फ्रि-किकबाट गोल गरे । इन्जुरी समयमा चारालाम्पोस कोस्तोउलासले हेड मार्फत गोल गर्दै स्कोर ३-२ पुर्याए। इन्जुरी समयमा म्बेउमोले फेरि गोल गर्दै युनाइटेडको जित पक्का गरे।
यो जितपछि १६ अंकका साथ युनाइटेड लिग तालिकाको शीर्ष चारमा पुगेको छ । ब्राइटन १२औं स्थानमा छ।

