म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतवार ठूलो सफलता प्राप्त गरेको छ । युनाइटेडले लिभरपुललाई २-१ ले हराएको छ।
युनाइटेडले सन् २०१६ जनवरीपछि पहिलोपटक एनफिल्डमा जित दर्ता गरेको हो । लिभरपुलले लगातार ३ प्रिमियर लिग खेलमा पराजय व्यहोरेको छ ।
लिभरपुलले ४ सय दिनपछि पहिलोपटक घरेलु मैदानमा पराजय भोगेको छ। ह्यारी म्याग्वायरको निर्णायक गोलमा युनाइटेडले प्रिमियर लिगमा लगातार दोस्रो खेलमा जित निकाल्यो ।
ब्रायन एम्बुएमोले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। लिभरपुलले बराबरीको खोजीमा निरन्तर दबाब बनायो । कोडी ग्याक्पोको तीन पटकको आक्रमणमा बल पोस्टमा ठोक्कियो।
तर डच फरवार्ड ग्याक्पो ले खेलको सकिन १२ मिनेट बाँकी हुँदा गोल गर्न सफल भए । १-१ मा पुर्याए। तर अन्तत म्याग्वायरले ८४ औं मिनेटमा हेड मार्फत गोल गर्दै महत्वपूर्ण जित दिलाए ।
८ खेलमा १३ अंकसहित युनाइटेड अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ। युनाइटेड भन्दा २ अंक बढि रहेको लिभरपुल चौथो स्थानमा छ।
१९ अंकसहित आर्सनल शीर्ष स्थानमा छ। अर्को खेलमा एस्टन भिल्लाले टोटनहमलाई २-१ ले हराएको

