ब्रह्माकुमारीजको रक्तदान महाअभियान: नेपालमा चार दिनमा करिब १२ हजार पिन्ट रगत संकलन


ब्रह्माकुमारीज संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल र भारतमा रहेको हजारौं ब्रह्माकुमारीजका शाखाहरुको आयोजना र विभिन्न संघ संस्थाहरुको सहकार्यमा भाद्र ६ देखि ९ गतेसम्म (२२ देखि २५ अगष्ट) १०० घण्टामा १ लाख पिन्ट रक्त संकलन गरी अत्यन्त उच्च स्तरको मानवीय तथा सामाजिक कार्य गर्ने लक्ष्य राखेकोमा उल्लेखित ४ दिनसम्म नेपालको विभिन्न प्रदेश तथा जिल्लामा सञ्चालन गरिएका रक्तदान केन्द्रमा उत्साहजनक स्वस्फूर्त सहभागिका जनाई तल उल्लेख गरिएको परिणममा रक्त संकलन भएको छ ।

उक्त अभियानको राष्ट्रिय शुभारम्भ माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भाद्र १ गते ललितपुर स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा भएको थियो । यस अभियान अन्तर्गत भाद्र ६ देखि ९ गते (अगस्ट २२–२५, २०२५) सम्म नेपालका मेची देखि महाकाली स्थित ब्रह्माकुमारीजका शाखाहरूले विभन्न संघसंस्था, स्थानीय निकायको सहकार्यमा ११९१६ पिन्ट रक्त संकलन गरेको छ । भाद्र ६ गते संकलन भएको ५०४७ पिन्ट रक्त नेपालमा एक दिनमा हालसम्म संकलन भएको सबैभन्दा उच्च परिणाम रहेको छ ।


विभिन्न ठाउहरूबाट संकलन गरिएको डाटा निम्नानुसार छ:

SN Region/Area Bhadra 6 Bhadra 7 Bhadra 8 Bhadra 9 Total Pint
1 Kathmadu valley 1745 1150 1202 349 4446
2 Biratnagar 1302 176 868 484 2830
3 Naryangarh 812 0 158 0 970
4 Rajbiraj 25 75 0 97 197
5 Birgunj 220 322 0 0 542
6 Pokhara 149 36 229 150 564
7 Dang 137 26 104 16 283
8 Butwal 121 124 231 77 553
9 Hetauda 113 0 157 0 270
10 Janakpur 100 35 72 147 354
11 Bhairahawa 67 0 0 0 67
12 Dhangadi 0 113 0 20 133
13 Palpa 0 23 21 20 64
14 Baglung 0 0 33 48 81
15 Nepalgung 256 211 46 49 562
  Total 5047 2291 3121 1457 11916


प्रकाशित मिति : २०८२ भाद्र ९, सोमबार गते

धेरै पढिएको

ताजा समाचार