गिल भारतीय टेष्ट क्रिकेटको नयाँ कप्तान


ब्याटर शुभमन गिललाई इंग्ल्याण्ड भ्रमण अघि भारतको पुरुष टेस्ट टोलीको नयाँ कप्तानको जिम्मेवारी दिइएको छ।

२५ वर्षीय गिलले ३८ वर्षीय रोहित शर्माको स्थान लिएका हुन्। रोहितले केहि साता अगाडि टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए।

राोहितले सन्न्यासको घोषणा गरेको केहि दिनपछि विराट कोहलीले प‌नि टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए।

३२ टेस्ट खेलमा १ हजार ८ सय ९३ रन बनाइसकेका गिलले  २० जुनदेखि सुरु हुने इंग्ल्याण्ड भ्रमणमा भारतको नेतृत्व गर्नेछन्। यो भ्रमण अन्तर्गत पाँच टेस्ट खेल हुनेछन्।

अनुभवी तीव्र गतिका बलर मोहम्मद सामी भने चोटका कारण अन्तिम टोलीमा समावेश हुन सकेनन्। ऋषभ पन्तलाई  उपकप्तान घोषणा गरिएको छ।

भारतीय टेष्ट क्रिकेट टोली

शुभमन गिल (कप्तान), ऋषभ पन्त (उपकप्तान), यशस्वी जयसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु इस्वरण, करुण नायर, नितीश कुमार रेड्डी, रविन्द्र जडेजा, ध्रुव जुरेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, आकाश दीप, अर्शदीप सिंह, कुलदीप यादव।


प्रकाशित मिति : २०८२ जेष्ठ १२, आईतवार गते

धेरै पढिएको

ताजा समाचार