फाइनलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै टोटेनहम युरोपा लिग च्याम्पियन


टोटेनहम हटस्परले युरोपा लिग जितेको छ। गएराति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै टोटेनहम युरोपा लिग च्याम्पियन बनेको हो। सान मामेसमा म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गरेको हो।

४२ मिनेटमा टोटेनहमका ब्रेन्नन जोनसनले गरेको गोल खेलमा निर्णायक बनेको थियो। टोटेनहमले १७ वर्षपछि प्रमुख ट्रफी जितेको हो।


प्रकाशित मिति : २०८२ जेष्ठ ९, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार