क्रिस्टल प्यालेसले एफए कपको उपाधि जितेको छ। प्यालेसले पहिलो पटक एफए कपको उपाधि जितेको हो।
म्यानचेस्टर सिटीलाई शनिवार १-० ले हराउँदै प्यालेसले उपाधि जितेको हो । एबेरेचे एजेले पहिलो हाफमा गरेको गोल प्यालेसलाई च्याम्पियन बन्न पर्याप्त रह्यो । एजेले १६ औं मिनेटमा गोल गरेका थिए ।
सिटीका लागि भने यस सिजन बिर्सनलायक बनेको छ । प्रिमियर लिगको उपाधि रक्षा गर्न नसकेको सिटी च्याम्पियन्स लिग र लिग कपमा पनि सफल हुन सकेको थिएन । सिटी यो सिजन ट्रफीविहिन भयो ।
प्यालेसले भने पहिलो पटक ठूलो उपाधि जितेको हो ।

