इंग्लिस प्रिमियर लिग २४/२५को च्याम्पियन लिभरपुल एफ.सी


लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ।

May be an image of ‎1 person, playing soccer, playing football and ‎text that says '‎Premier League SODS and barte Orte Ceu star. hart 格商造: ג 感 L.F.C. LIVERPOOL FC CHAMPIONS 2024/25‎'‎‎

टोटेनहम हटस्परलाई आइतवार ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो ।

टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई‌ जोगाउन टोली असफल रह्यो।

घरेलु टोलीका लागि लुइस डियाजले १६ औं‌ मिनेटमा बराबरी गोल फर्काए। त्यसको ८ मिनेटपछि एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो ।

३४ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३-१ को अग्रता कायम गर्यो ।

६३ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको लागि चौथो गोल गरे । डेस्टिनी उडोगीले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलको अग्रता बढ्यो । अन्तिम सिठी बज्नासाथ अनफिल्डमा अविस्मरणीय दृश्यहरू देखिए।

May be an image of 5 people, people playing soccer, people playing football and text that says 'NC NO Jo roam TOI rrdcsm'

शीर्ष स्थानको लिभरपुल (८२ अंक) ले आर्सनललाई १५ अंकले पछि परेको छ। टोटेनहम लगातार हारसँगै १६औँ स्थानमा यथावत छ।

आइतवार कै अर्को खेलमा बोर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १-१ को बराबरी खेलेको छ।

May be an image of 5 people, people playing soccer, people playing football and text that says 'Managers to win the Premier League in their first season Carlo Ancelotti 2009/10 Antonio Conte L.FC. 2016/17 Arne Slot 2024/25 Manuel Pellegrini 2013/14 14 Jose Mourinho 2004/05'

 


प्रकाशित मिति : २०८२ बैशाख १५, सोमबार गते

धेरै पढिएको

ताजा समाचार