आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ वैशाख १४ गते आइतबार, वैशाख कृष्णपक्ष औंसी)


आजको पञ्चाङ्ग

वि. सं. :       २०८२ वैशाख १४ गते आइतबार

इ.सं. :         27th April 2025 (Sunday)

सूर्योदय:       बिहान ०५:३० बजे

सूर्यास्त:        बेलुका १८:३५ बजे

तिथि :          औंसी २५:२८ सम्म, तत्पश्चात् प्रतिपदा

पक्ष :            वैशाख कृष्णपक्ष

नक्षत्र :          अश्विनी २५:१४ सम्म, तत्पश्चात् भरणी

योग :            प्रीति २५:०३ सम्म, तत्पश्चात् आयुष्मान्

करण :          चतुष्पद् १४:४१ सम्म, तत्पश्चात् नाग

चन्द्रराशि:       मेष

ऋतु :             वसन्त

अयन :           उत्तरायण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन शुभ छ। नयाँ अवसर आउन सक्छ। रमाइलो भेटघाट र स्वादिष्ट भोजनको सम्भावना छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

निर्णय गर्दा सतर्क रहनुहोस्। अवसरवादीहरूले फसाउन सक्छन्। आर्थिक लाभ नहुन सक्छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आम्दानी बढ्नेछ। व्यवसायमा फाइदा हुनेछ। साझेदारीमा सफलता मिल्नेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको मेहनतले भविष्यमा प्रतिष्ठा बढाउनेछ। साथीभाइको सहयोगले हौसला मिल्नेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

चिताएको काम पूरा हुनेछ। व्यापारमा लाभ हुनेछ। दाम र प्रतिष्ठा बढ्ने समय छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थ्य राम्रो रहनेछ। प्रियजनसँग भेटघाट र घुमफिरको अवसर मिल्नेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिस्थिति चुनौतीपूर्ण हुन सक्छ। सचेत भएर निर्णय लिनुहोस्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सुखद समाचारले उत्साह बढाउनेछ। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बल र बुद्धिको प्रयोगले सफलता मिल्नेछ। प्रतिस्पर्धामा जित हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धन लाभ र मानसम्मान बढ्नेछ। रोकिएको काम पूरा हुनेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सोचेअनुसार सफलता नपाइने सम्भावना छ। अनावश्यक खर्च बढ्न सक्छ।


प्रकाशित मिति : २०८२ बैशाख १४, आईतवार गते

धेरै पढिएको

ताजा समाचार