स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले नियुक्त


स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त भएका छन्।

अर्थशास्त्री काफ्ले तनहुँका हुन्।

मन्त्रिपरिषदको सोमबार बेलुकी बसेको बैठकले काफ्लेलाई बोर्ड निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

बोर्डको कार्यकारी निर्देशकमा १० जनाको नाम स्वीकृत भएको थियो।

फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा काफ्लेसहित कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम सिफारिस भएको थियो।

मन्त्री पौडेलले गठन गरेको बिमा सुझाव कार्यदलमा काफ्ले सदस्य थिए। कार्यदलले स्वास्थ्य बिमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो।

यसअघि काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ। बोर्डमा रहँदा काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम सुरू गरेका थिए।


प्रकाशित मिति : २०८१ फाल्गुन २७, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार