लिभरपुल लिग कपको फाइनलमा


लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो।

घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे ।

गोक्पोले ३४ औं मिनेटमा गोल गरेपछि लिभरपुलले पहिलो हाफमा १-० को अग्रता बनायो। सलाहले ५१ औं मिनेटमा पेनाल्टीमा गोल गरे। सबुसलायले ७५ औं र भान डाइलले ८० औं मिनेटमा गोल गरेपछि लिभरपुलको जित सहज बन्यो ।

लिभरपुलले न्युक्यासलसँग मार्च १६ मा वेम्बलीमा फाइनल खेनेछ । आर्सनललाई हराउँदै न्युक्यासल बुधवार नैे फाइनल पुगिसकेको छ।


प्रकाशित मिति : २०८१ माघ २५, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार