च्याम्पियन्स लिगमा:रियलले साल्सबर्गलाई ५-१ ले पराजित गर्यो


साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगमा बुधवार जित हासिल गरेको छ। रियलले साल्सबर्गलाई ५-१ ले पराजित गर्यो ।

रोड्रिगो र भिनिसियस जुनियरले समान २ र केलियन एम्बाप्पेले‌१ गोल गरे । रोड्रिगोले २३ औं र ३४ औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमा २-० को अग्रता बनायो।

एमबाप्पेले ४८ औं मिनेटमा गोल गरे। जुनियरले ५५ औं र ७७ औं मिनेटमा गोल गरेपछि रियलले फराकिलो अग्रता लियो ।

खेल सकिन ५ मिनेट बाँकी रहँदा बिड्सट्रुपले एक गोल फर्काए। ७ खेलबाट १२ अंकसहित रियल १६ औं स्थानमा छ ।


प्रकाशित मिति : २०८१ माघ १०, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार