बुटवल । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान भर्दै आएको कतार एयरवेजले उडान स्थगित गरेको छ ।
यो समयावधिमा कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान–अवतरण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
यस क्षेत्रका पर्यटन व्यवसायीले यसलाई नियमित बनाउनुपर्ने आवाज उठाइरहेका छन् । हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले नियमित उडान भर्दै आएका छन् । कतार एयरको उडान रोकेपछि व्यवासयीहरु फेरि निराश बनेको नाटा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सागर अधिकारीले रातोपाटीलाई बताए ।