बस दुर्घटनामा १२ जनाको मृत्यु २० जनाभन्दा बढी घाइते


महाराष्ट्र । भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् । बसमा करिब ३५ यात्रु सवार रहेका बताइन्छ ।

राज्यको गोन्दिया जिल्लामा दिउँसो करिब १२ बजे राज्य सरकारद्वारा सञ्चालित बस मोटरसाइकलसँग ठोक्किएर जोगिन खोज्दा दुर्घटना भएको हो ।  घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।


प्रकाशित मिति : २०८१ मंसिर १६, आईतवार गते

धेरै पढिएको

ताजा समाचार