लिभरपुल युइएफए च्याम्पियन्सिप लिगको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ।
रियल मड्रिडलाई बुधवार २-० ले हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्ष टोली समेत रहेको लिभरपुल अन्तिम १६ मा पुगेको हो।
लिभरपुललाई जित दिलाउन एलेक्सिस म्याक अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको थियो।
५२ औं मिनेटमा अलिस्टरको गोलबाट लिभरपुलले अग्रता लियो। गाक्पोले ७६ औं मिनेटमा गोल गरेपछि लिभरपुल रियलमाथि थप हाबी रह्यो ।
च्याम्पियन्स लिगमा यो सिजन लिभरपुलको लगातार पाँचौं जित हो। रियलको यो लगातार दोस्रो हार हो।
लिभरपुल १५ अंकसहित शीर्षमा छ भने ६ अंक जोडेको रियल २४ औं स्थानमा छ।


