सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को विराटनगर किंग्सले सार्वजनिक गर्‍यो जर्सी


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को एउटा टोली विराटनगर किंग्सले टिमको आधिकारिक जर्सी  मंगलबार सार्वजनिक गरेको छ।

विराटनगर किङ्ग्सका मार्की खेलाडी सन्दीप लामिछानेले टिमको जर्सी सार्वजनिक गरेका हुन्।

कोशीका मुख्यमन्त्री हिक्मत कार्की, टिम प्रवर्द्धक पारस लुनिया  लगायतको उपस्थितिमा लामिछानेले जर्सी सार्वजनिक गरेका हुन्।  विराटनगरमा आयोजित एक औपचारिक कार्यक्रममा  टिमले आफ्नो  ‘टिम एन्थम’ पनि सार्वजनिक गरेको छ।   टिम गान गायक कुशल पोखरेलले आफ्नै स्वर ,लेखन र संगीतमा तयार पारेका हुन्। एन्थम हिपहप शैलीको छ।

विराटनगर किङ्ग्सले टिम फेसका रूपमा गायिका रचना रिमाललाई प्रस्तुत गरेको छ। गायिका रिमालले आफ्नो गायन पहिलो रोजाइ भएको बताउँदै गायनपछि आफ्नो रोजाइ खेलकुद नै भएको सुनाइन्।

May be an image of 1 person and text

‘खेलकुदमा पनि क्रिकेटलाई म ज्यादै फलो गरिरहेको हुन्छु। विराटनगरसँग जोडिन पाउँदा खुसी छु,’ उनले भनिन्।  विराटनगर किंग्स  एमएडी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको टिम हो। टिम प्रवर्द्धक पारस लुनिया नेपाली राष्ट्रिय टोलीबाट ६ वर्ष खेलेका खेलाडीसमेत हुन्।   मंसिर १५ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुने एनपिएलको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सको सामना गर्दैछ।

May be an image of 1 person and text

विराटनगर किंग्समा सन्दीप लामिछाने मार्की खेलाडी, प्रतिश जिसी, बसिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, राजेश पुलामी, अनिल खरेल, दिपक बोहोरा, सुवास भण्डारी, नरेश भट्ट, मृणाल गुरुङ छन्।

त्यस्तै टिममा पाँच जना विदेशी खेलाडीहरूमध्ये न्यूजिल्याण्डका विष्फोटक ब्याट्सम्यान मार्टिन गुप्टिल, ओमानका कप्तान अकिब इलियास, निकोलस क्रिटोन, क्रिस सोल र इस्मत आलम छन्।


प्रकाशित मिति : २०८१ मंसिर ५, बुधबार गते

धेरै पढिएको

ताजा समाचार