एनपिएलको उद्घाटन खेल विराटनगर र जनकपुरबीच हुने: लिगको सम्पूर्ण खेल तालिका


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच खेल हुनेभएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले सोमवार जारी गरेको खेल तालिका अनुसार उद्घाटन मंसिर १५ को दिन विराटनगरले जनकपुरको सामना गर्ने भएको हो ।

उद्घाटन खेल मंसिर १५ गते मध्यान्ह १२ः१५ मा सुरु हुनेछ । लिग सुरु भएको भोलीपल्ट मंसिर १६ गते उपनिर्वाचन रहेका कारण कुनै खेल हुनेछैन । लिगको तेस्रो दिन मंसिर १७ गतेबाट लिग चरणको अन्तिम दिन पुस १ बाहेक हरेक दिन दुई खेल हुनेछ । दुई खेल भएका दिन बिहान ९ः१५ मा पहिलो तथा दिउँसो १ः१५ मा दोस्रो खेल हुनेछ ।

पहिलो क्वालिफायर र इलिमिनेटर खेल पुस ३ गते हुनेछ । पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको टोली तथा दोस्रो स्थानको टोलीबीचमा प्रतिस्पर्धा हुन्छ । यस खेलमा विजेता टोलीले फाइनलमा स्थान बनाउदा पराजित टोलीले फाइनल प्रवेशको फेरी मौका पाउनेछ ।

इलिमिनेटर खेलमा लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच खेल हुन्छ । पराजित टोली प्रतियोगिताबाट बाहिरिदा विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।

पुस ४ मा दोस्रो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटर खेलमा विजयी टोलीबीच फाइनल प्रवेशका लागि खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टाेली र दोस्रो क्वालिफायरको विजेताबीच पुस ६ गते पहिलो संस्करणको सिद्धार्थ बैंक एनपिएल उपाधीका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुस ६ गते मध्यान्ह १२ः१५ मा हुनेछ ।

लिगको खेल तालिका


प्रकाशित मिति : २०८१ मंसिर ४, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार