चितवन राइनोजले र जनकपुर बोल्ट्सद्वारा आफ्नो एनपिएलको जर्सी सार्वजनिक


सिद्धार्थ बैंक नेपाल प्रिमियर(एनपिएल) को फ्रेन्चाइजी चितवन राइनोजले टोलीको जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गरेको छ ।

सोमवार चितवनले एक कार्यक्रमका बीच टोलीको जर्सी, एन्थम र मस्कट सार्वजनिक गरेको हो । चितवनका मार्की खेलाडी कुशल मल्ल तथा भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहालले जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गरेका हुन् ।

चितवनको मस्कटमा एक सिङ्गे गैडा रहेको छ । चितवनको‌ मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन् । एनपिएलमा ८ टिमको सहभागिता रहेको छ । लिगको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म रहेको छ । सोमवार जारी लिगको खेलतालिका अनुसार चितवनको पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजसँग रहेको छ ।

चितवन राइनोजको टोली – कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, ल्यूक मार्टिन बेनकेन्स्टाइन, मार्चन्ट डे लांग, हसन इसाखिल, जान निकोल लफ्टी इटन र रवि बोपारा।

 जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।

मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमवार साँझ  जर्सी अनावरण  गरे।

मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्तर्राष्ट्रिय राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख गर्दै एनपिएलमा जनकपुर बोल्ट्सले सफलता पाउने विश्वास व्यक्त गरे।

जनकपुर बोल्ट्सका जिएम निरोज खतिवडालले जनकपुरक बोल्ट्सको जर्सी मधेशको ८ वटै जिल्लाको भावना र उमंग रहेको बताए ।

सोही अवसरमा जनकपुर बोल्ट्सले राष्ट्रिय यु-१९ महिला क्रिकेट टोलीकी कप्तान पुजा महतोलाई फेस अफ बोल्ट्स घोषणा गरेको छ । बोल्ट्सले कप्तान पूजालाई ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके जनकपुरको मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।
एनपिएल नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जनकपुर बोल्ट्सको टोली

आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी, जिमी निशम, जोशुवा ट्रम्प, मोहम्मद मोहसिन, लाहिरु मिलन्था र सोयब मक्सद।


प्रकाशित मिति : २०८१ मंसिर ४, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार