एर्लिङ हालाण्डको ह्याट्रिक सहयोगमा नर्वेले युइएफए नेसन्स लिगमा जित हासिल गरेको छ ।
आइतबार राति भएको खेलमा नर्वेले कजाकिस्तानलाई ५–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे ।

हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए । ४१औं मिनेटमा सोर्लोथले अर्को गोल थपेपछि नर्वेले ३–० को अग्रता बनायो । ७१औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे। योसँगै हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । उनले आफ्नो गोल संख्या सातमा पुर्याएका छन् ।
७४औं मिनेटमा नुसाले गोल गर्दै नर्वेलाई सहज जित दिलाए । जितसँगै नर्वेले ६ खेलबाट १३ अंक पुर्याएको छ। समान खेलबाट कजाकिस्तान १

