ढल्केबरमा जलवायु वित्त सम्बन्धी जनप्रदर्शनी र संगै ड्रमा र जलवायु सम्बन्धि छलफल कार्यक्रम समपन्न


रौतहट,उमा अधिकारी । अजरबैजानको बकुमा भइरहेको सिओपी २९ ग्लोबल डे अफ एक्सन २०२४ को अवसरमा शनिबार ढल्केबरमा न्यायपूर्ण जलवायु वित्तको ७ बुँदे माग गर्दै जनप्रदर्शन र संगै ड्रमा र अनि जलवायु सम्बन्धि छलफल कार्यक्रम गरिएको हो ।

मिथिला नगरपालिकाकी उप-प्रमुख सुनिता बुढाथोकी  र मधेश प्रदेश संसद  हरि नारायण महतोको प्रमुख आतिथ्यता र दुइ जना जलवायु र दिगो विकास क्षेत्रका बिज्ञ अजित श्रीवास्तव र आशिष लामिछानेको बिषेश उपस्थिति तथा आयोजक कमिटीका वातावरण अधिवक्ता सचिन कुमार सिङको सभाध्यक्षमा प्रदर्सन भएको हो । मधेश प्रदेशका  युवाहरू र MAC Nepal, Digo Bikas Institute, Climate Change Pioneers Madhesh ,Nepal peace building initiative, Rivers and roots, राष्ट्रिय आदिवासी जनजाति  महिला संघ , मधेश आदिवासी जनजाति  महिला संघ, Mithila Wildlife Trust, YASEN संस्थाहरुको आयोजनामा भएको प्रदर्शन कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानको प्राङ्गणबाट बिहान १०:३० बजे ढल्केबर-०६ ,स्थित महेन्द्र मा.विबाट ढल्केबर -०६ बजार सम्म सचेतना मूलक र्यालीको आयोजना गरिएको हो ।

जलवायु वित्तलाई ऋणको रूपमा नभएर अनुदानको रूपमा प्रदान गर्नुपर्ने, जलवायु वित्तले समावेशी वित्तीय दृष्टिकोणमा ध्यान दिनुपर्ने, औद्योगिक राष्ट्रहरूले जलवायु वित्तको विद्यमान प्रतिबद्धताहरू बनाउनुपर्ने, सयममै अनुदान र विश्वसनीय हुनुपर्ने, कोषको वितरण पारदर्शी र उत्तरदायी हुनुपर्ने तथा जलवायु वित्तले समुदाय केन्द्रित समाधानलाई प्राथमिकता दिनुपर्ने पिछडिएको वर्ग, आदिवासी समुदाय र विशेष चुनौती भएको व्यक्तिहरूको समस्या सम्बोधन गर्नुपर्ने प्रमुख माग राख्दै जनप्रर्दशनी गरिएको थियो ।

बकुमा उपस्थित विभिन्न राष्ट्रका प्रतिनिधिहरू समक्ष हेटौंडामा आवाज पुर्‍याउने उद्देश्यले विभिन्न उमेर समूहका युवा र विद्यालयको प्रतिनिधिहरु, सरोकारवाला सहभागी भएका थिए ।

मिथिला नगरपालिकाकी उप-प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुनिता बुढाथोकीले जलवायु परिवर्तनले मधेस प्रदेश र ढल्केबरमा पारेका प्रभावलाई पालिकाले र प्रदेश सरकारले  न्यूनीकरण गर्नका लागि प्रयास गरिरहेको बताए । कोपमा २९ मा नेपाल र विश्वभरीबाट सहभागी हुनुभएको प्रतिनिधिलाई मधेस प्रदेशको आवाज लाई सुनी न्यायोचित पहलकदमी गर्न आग्रह गरिन् ।

र्यालीपश्चात करिब १ घण्टाको छलफल कार्यक्रममा जलवायु बिज्ञ अजित श्रीवास्तवले जलवायु परिवर्तन र अनुलुकनको उपाय र हाम्रो कदमको बारेमा बुझाउनु भयो भने  जलवायु र दिगो विकास क्षेत्रका बिज्ञ आशिष लामिछानेले जलवायु बित्तको बारेमा सम्पूर्ण जानकारी दिदै , सयममै अनुदान र विश्वसनीय हुनुपर्ने, कोषको वितरण पारदर्शी र उत्तरदायी हुनुपर्ने बारे सबैलाई जानकारी दिनुभयो।

र्यालीको क्रममा ढल्केबर बजार  र  छलफलको क्रममा महेन्द्र मा.विमा  मिथिला वाइल्ड लाइफ ट्रस्टको सहयोग र श्री राष्ट्रिय आधारभुत बिद्यालयद्वारा तयार पारिएको जलवायु परिवर्तन हुनुको कारण प्रस्तुत गर्दै स्ट्रीट ड्रमा पनि प्रस्तुत गरिएको थियो। यो ड्रमाको उदेश्य समस्त ढल्केबरबासिलाइ जागरुक गर्दै आफ्नो आगामी कदम वातावरण र प्रकृतिको  संरक्षणको लागि चलाउनुहोस भने अनुरोध गर्नु नै हो भनेर मिथिला वाइल्ड लाइफ ट्रस्टको प्रतिनिधि सिता पौडेलले हामीलाई जानकारी दुनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष सचिन कुमार सिङले ढल्केबरमा जस्तै अन्य १६ स्थानको सहरहरुमा जनप्रदर्शनी भएको बताए । उनले ढल्केबरमाअजरबैजान को बाकु सहर मा भैरहेको कोप २९ सम्म ढल्केबरको आवाज पुर्याउन र जलवायु न्यायका लागि उठेको आवाज सुनेर उचित सम्बोधन गर्न जनप्रदर्शन गरिएको हामीलाई जानकारी दुनुभयो।

र्यालीमा करिब १ सय ९० जना  युवाको सहभागी रहेको थियो ।


प्रकाशित मिति : २०८१ मंसिर २, आईतवार गते

धेरै पढिएको

ताजा समाचार