युरोपा लिगमा ४ खेलपछि – युनाइटेडको पहिलो जित


इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा पहिलो जित हात पारेको छ ।

शुक्रवार विहान सम्पन्न खेलमा युनाईटेडले ग्रीक फुटबल क्लब पाओकेलाई २–० ले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन दुवै गोल अमाद डायलोले गरे ।

May be an image of 7 people, people playing football, people playing soccer, crowd and text

डायलोले ५०औं र ७०औं मिनेटमा टोलीको लागि निर्णायक गोल गरे । घरेलु मैदानमा भएको लिगको चौथो खेलमा युनाइटेडले जितविहीन यात्रा टुंगाएको हो । यसअघि भएका तीन खेलमा युनाइटेड बराबरीमा रोकिएको थियो।

जित पछि युनाइटेड ४ खेलमा ६ अंकका साथ १५औं स्थानमा उक्लिएको छ । पराजित पाओके समान खेलबाट १ अंक जोड्दै ३३औं स्थानमा छ ।


प्रकाशित मिति : २०८१ कार्तिक २३, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार