स्पेनका रोड्रीले जिते बालोन डी’ओर


अक्टोबर २९, आशिष लामिछाने। स्पेनिस मिडफिल्डर रोड्रीले विश्व फुटबलको सबैभन्दा ठूलो मानिने अवार्ड बालोन डी’ओर जितेका छन्।

म्यानचेस्टर सिटीलाई चौथोपल्ट प्रिमियर लिग जिताउन सहयोग गरेका २८ वर्षीय रोड्रीले पहिलो पटक यो अवार्ड जितेका हुन् । रोड्री सन् २०१९ यता इङ्ग्लिस क्लब सिटीमा अनुबन्ध छन् । रोड्रीले स्पेनलाई युरोकप २०२४ जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।

गत महिना चोट लागेपछि रोड्री मैदान बाहिर छन् । स्पेनिस क्लब रियल मड्रिडले भने अवार्ड कार्यक्रम बहिस्कार गरेको थियो । रियललाई स्पेनी ला लिगा र युरोपेली च्याम्पियन्स लिग जिताएका भिनिसियस जुनियरलाई अवार्डको प्रमुख दाबेदार मानिएको थियो।

आफ्नो खेलाडीले उक्त अवार्ड नजित्ने थाहा पाएसँगै रियलले पेरिसमा आयोजित कार्यक्रम केही घण्टा अगाडि बहिष्कार गरेको थियो। भिनिसियस दोस्रो हुँदा आक्रामक मिडफिल्डर जुड बेलिङ्घम तेस्रो र डानी कार्भाजल चौथो स्थानमा रहे।


प्रकाशित मिति : २०८१ कार्तिक १३, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार