अस्ट्रेलियाको लगातार तेस्रो जित, पाकिस्तानको दोस्रो हार


साबिक विजेता अस्ट्रेलियाले युएईमा जारी रहेको नवौं संस्करणको टि ट्वान्टी महिला विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा साबिक विजेताले पाकिस्तानलाई हराएको हो ।

लगातार दोस्रो हार बेहोरेको पाकिस्तान अस्ट्रेलियासँग ९ विकेटको फराकिलो अन्तरले पराजित भयो । दुबईमा भएको खेलमा पाकिस्तानले दिएको ८३ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ११ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा एल्सा हिल्लेले २३ बलमा सर्वाधिक ३७ तथा एलिस पेरिले २३ बलमा नट आउट २२ रन बनाईन् ।

पाकिस्तानका लागि सदिया एकवालले १ विकेट लिईन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.५ ओभरमा ८२ रन बनाउदै अल आउट भयो । पाकिस्तानका लागि अलिया रियाजले सर्वाधिक २६ तथा सिदरा अमिन र इराम जावेदले समान १२ रन जोडे ।

लगातार तीन खेलमा जित निकाल्दै अस्ट्रेलिया समूह ए मा ६ अंकका साथ शीर्ष स्थानमा छ । अस्ट्रेलियाको सेमिफाइनल सम्भावना बलियो बनेको छ । ३ खेलमा लगातार दोस्रो हार बेहोरेको पाकिस्तान २ अंकका साथ चौथो स्थानमा छ ।

AUS-W vs PAK-W, Women's T20 World Cup 2024 Fantasy Cricket Prediction: Australia  Women vs Pakistan Women Probable Playing XI For Today's Match In Dubai

 


प्रकाशित मिति : २०८१ आश्विन २६, शनिबार गते

धेरै पढिएको

ताजा समाचार