टेक्ससमा नेपाल र अमेरिकाबीच टि ट्वान्टी सिरिज हुने


अमेरिकाको टेक्सस राज्यको ग्राण्डपेरी शहरमा नेपालले अमेरिकासँग ३ टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ ।

अमेरिका र स्कटल्याण्ड सम्मिलित आईसिसी विश्वकप लिग टु ओडिआई सिरिज खेल्न अमेरिका आउन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यसअघि अमेरिकासँग टि ट्वान्टी सिरिज खेल्ने भएको हो ।

ग्रान्ड पेरी क्रिकेट स्टेडियममा हुने टि ट्वान्टी क्रिकेट श्रृखंला १७ अक्टुबर देखि २० अक्टुबर सम्म हुनेछ ।
टि ट्वान्टी सिरिजपछि नेपालले अक्टुबर २५ देखि नोभेम्बर ४ सम्म हुने लिग टु सिरिज खेल्नेछ ।

May be an image of 10 people and text

युएसए क्रिकेटले प्रेस विज्ञप्ती जारी गर्दै नेपाल र अमेरिका बीचको टि ट्वान्टी क्रिकेट सिरिज र त्यसपछिको अनि लिट टु को त्रिकोणात्मक सिरिजको जानकारी गराएको छ।

दुवैं सिरिजका का लागि युएसए क्रिकेटले टिकट विक्री समेत खुल्ला गरेको छ। टिकट दर खेल अनुसार अमेरिकी १० देखि १५ डलर राखिएको छ ।

युएसए क्रिकेटका अध्यक्ष भेनु पिसिकेले क्रिकेट प्रेमी समुदाय रहेको स्थानमा खेल हुने कुराले आफू धेरैं खुशी भएको र सबै क्रिकेट प्रेमीहरुलाई मैदानमा आई खेलाडीहरुलाई हौसला बढाउन आग्रह गरेका छन् ।

नेपाल र अमेरिका बीचको टि ट्वान्टी सिरिजको पहिलो खेल १७ अक्टुबर, दोस्रो खेल १९ अक्टुबर र तेस्रो खेल २० अक्टुबरमा हुनेछ । सबै खेल अमेरिकाको सेन्ट्रल समय अनुसार साँझ ७ बजे सुरु हुनेछ ।

यसैगरी, नेपाल, अमेरिका र स्कटल्याण्ड लिग टु सिरिजको पहिलो खेल अमेरिका र स्कटल्याण्डको बीचमा २५ अक्टुबरमा हुनेछ।

दोस्रो खेल नेपाल र अमेरिका बीचमा २७ अक्टुबरमा, तेस्रो खेल नेपाल र स्कटल्याण्डबीच २९ अक्टुबरमा हुनेछ ।

चौथो खेल अमेरिका र स्कटल्याण्डबीच ३१ अक्टुबरमा, पाचौं खेल नेपाल र अमेरिकाको बीचमा नोभेम्बर २ मा र अन्तिम खेल नेपाल र स्कटल्याण्डको बीचमा नोभेम्बर ४ मा हुनेछ ।

नेपालको राष्ट्रिय क्रिकेट टोली अक्टुबरको दोस्रो सातासम्म अमेरिका आइसक्ने बताइएको । हाल क्यानडामा रहेको नेपाली राष्ट्रिय टोलीले ओमान र क्यानडासँगको लिग टु सिरिज खेलेको मा थियो ।

May be an image of 3 people and text

नेपालले क्यानडासँगको दुवै र ओमानसँगको एक खेल गुमाएको थियो। नेपाल र ओमानबीचको अर्को खेल बर्षामा रद्द भएको थियो।


प्रकाशित मिति : २०८१ आश्विन ११, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार