प्रहरीले कान्तिपुर बचत तथा ऋण सहकारी र पशुपति बचत तथा ऋण सहकारीको बचत ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा (सिबी) लाई पक्राउ गरेको हो।
सहकारीको अर्बौं बचत अपचलन गरेको आरोपमा लामालाई भारतीय सीमा क्षेत्रबाट शुक्रबार बिहान पक्राउ गरिएको एसएसपी सानुराम भट्टराईले बताए।
‘लामालाई पक्राउ गरेर काठमाडौं ल्याउँदैछौं,’ उनले भने।
लामा संलग्न रहेका यी दुवै सहकारी सरकारले हालै गठन गरेको संसदीय छानबिन समितिको दायराभित्र पनि समेटिएका छन्।

