मुम्बई । सन्नी देओल र बबी देओल छिटै कमेडी शो ‘द ग्रेट इन्डियन कपिल शो’ मा आउँदैछन् । यो शोको प्रोमो पनि आएको छ । प्रोमोमा बबी देओल सन्नी देओलको अगाडि रोएको देख्न सकिन्छ ।

शोमा सनीले पिता धर्मेन्द्रको बारेमा पनि कुरा गरेका थिए । धर्मेन्द्र छोराहरूलाई साथी बन भन्ने अनि साथी ठानेर केही बताएपछि उनी पिता व्यवहार देखाइहाल्छन् भन्दै सनीले मजाक गरेका थिए ।

