युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनल: बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी


युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो ।

१-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल गर्न सफल भयो ।

खेलको २४औं मिनेटमा रियलले भिनिसियस जूनियरको गोलबाट खेलमा अग्रता लिएको थियो । मिडफिल्डबट टोनी क्रुसले खेलेको अद्भुत थ्रु-पासमा राम्रो रन बनाएर भिनिसियसले बायर्न गोलरक्षक म्यानुएल नुएरलाई बिट गर्दै गोल गरेका थिए ।

May be an image of 1 person, playing football, playing soccer and text that says '55 mastercar URKISH AIRLINESE l6 oppo oppO Heineken* PLAYEROFTHEMA OF THEMATCK PLAYER PlayStadon on'

तर दोस्रो हाफको सुरुवाती समयमा नै बायर्नले पुनरागमन गर्न सफल भयो । ५३औं मिनेटमा लिरोए सानेले एकल रन बनाएर गरेको शक्तिशाली प्रहारको मद्दतमा बायर्न खेलमा बराबरी गर्यो ।

त्यसको चार मिनेट पछि बायर्नले खेलमा अग्रता लियो ।लुकास भास्केजले बक्स भित्रबाट जमाल मुसीयालामाथि फाउल गरेपछि बायर्नले पेनाल्टी पाएको थियो । सो पेनाल्टीमा स्टार स्ट्राइकर ह्यारी केनले कुनै गल्ती गरेनन् ।

८३औं मिनेटमा रियलले पेनाल्टी मार्फत बराबरी गर्ने अवसर पायो । डिफेन्डर किम मिन-जेले रोड्रीगो माथि फाउल गरेपछि पाएको पेनाल्टीमा भिनिसियस चुकेनन् ।

यस टाईको दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बर्नाबेऊमा अर्को हाफमा हुनेछ ।

यस्तै बुधबार राती दोस्रो सेमीफाइनल खेल अन्तर्गत पहिलो लेगमा पेरिस सेन्ट जर्मान र बोरुसिया डर्टमुण्ड भिड्ने छन् ।


प्रकाशित मिति : २०८१ बैशाख १९, बुधबार गते

धेरै पढिएको

ताजा समाचार