सिटि र आर्सनललाइ पराजित गर्दै रियल र बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा,


वैशाख ०६ २०८१ ,आशिष लामिछाने: साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

May be an image of ‎5 people, people playing football, people playing soccer and ‎text that says '‎RÜDI RÜD PENALTIES HANCHESTER لق 3 4 CITY‎'‎‎

सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो ।

त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम १–१ को बराबरी टुंगिएको थियो । समग्रमा ४–४ बराबरी भएपछि टाइब्रेकरमा गएको थियो । रियलको मैदानमा भएको पहिलो लेग ३–३ को बराबरीमा टुंगिएको थियो ।दोस्रो हाफमा केभिन डि ब्रएनाको बराबरी गोलमा सिटी खेलमा फर्केको थियो । डि ब्रुएनाले ७६ औं मिनेटमा गोल गरेका थिए ।

May be an image of 2 people, people playing soccer, people playing football, cleats and text

त्यसअघि रियलले रोड्रिगोको गोलमा अग्रता लिएको थियो । उनले १२ औं मिनेटमा गोल गरेका थिए । भिनिसियसको क्रसमा रोड्रिगोले प्रहार गरेको बललाई सिटीका गोलकिपरले रोकेपनि पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन् । त्यहि रिबाउन्डमा रोड्रिगोलले गोल गरेका थिए ।

बायर्न म्युनिखसँग आर्सनल पराजित

May be an image of ‎2 people, people playing football, people playing soccer and ‎text that says '‎T 40 ا EOBAYERN MUNCHEN AGG:3-2 1 ο Arsenal Arsenal DoO Kimmich 63'‎'‎‎

बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो ।

जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं मिनेटमा गोल गरेका थिए । यो सिजन जर्मन बुन्डेस लिगा उपाधिबाट विमुख भएको बायर्न च्याम्पियन्स लिग जित्ने सम्भावनालाई भने जीवित राखेको छ ।

अब फाइनल प्रवेशका लागि बायर्नले स्पेनिस क्लब रियल म्याड्रिडको सामना गर्नेछ । बुधबारको दुई खेलसँगै च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार पेरिस सेन्ट जर्मेन (पिएसजी) र बरुसिया डर्टमन्ड सेमिफाइनल प्रवेश गरेका थिए । पिएसजीले बार्सिलोना र डर्टमन्डले एट्लेटिको म्याड्रिडको चुनौति समाप्त गर्दै अन्तिम चारमा पुगेका थिए ।

May be an image of ‎1 person, playing soccer, playing football and ‎text that says '‎PLAYER OFTH OF HE -B PLAYEROFTHE PlayStaton Ple Statlon hicA Star وا ح oppo #shotonOppo‎'‎‎


प्रकाशित मिति : २०८१ बैशाख ६, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार