मलेसियाविरुद्ध खेल्दै मेपाली क्रिकेट टोलीले ओमानमा हुने एसिसी प्रिमियर कपको यात्रा सुरु गर्ने भएको छ।
नेपालले पहिलो खेल शुक्रबार मलेसियासँग खेल्नेछ। दोस्रो खेलमा शनिबार नेपालले कतारको सामना गर्नेछ। वैशाख ३ गतेको हङकङसँग खेल्ने नेपालले समूह चरणको अन्तिम खेल वैशाख ५ गते साउदी अरबसँग खेल्नेछ।
अर्को समूह यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् । समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रिमियर कपको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नै रोहित पौडेलले कप्तानीमा १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको थियो।
नेपालको क्रिकेट टोली
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा।


