नेटफ्लिक्समा नयाँ कमेडी शो लिएर आए कपिल शर्मा


भारतीय कमेडियन कपिल शर्माले नयाँ शो ल्याएका छन्।

The Great Indian Kapil Show: Kapil Sharma's Netflix debut takes off on THIS  DATE

शनिबारदेखि नेटफ्लिक्समा उनको शो ‘द ग्रेट इन्डियन कपिल शो’ स्ट्रिमिङ हुन थालेको छ। पहिलो एपिसोडमा रणवीर कपुर, नीतू कपुर र रिद्दिमा कपुर अतिथि थिए। शोमा उनीहरूले आफ्नो बाल्यकालका रमाइलो किस्सा पनि सेयर गरेका थिए।

Inside The Great Indian Kapil Show set: Kapil Sharma's 'new home' at Netflix  is designed like a lavish airport lounge | Web-series News - The Indian  Express

रणवीरले बाल्यकालमा आफ्नी दिदी रिद्दिमालाई कुट्ने गरेको बताए। ‘अहिले नराम्रो लाग्छ तर मैले बाल्यकालमा दिदीलाई धेरै कुटेको छु।’ यसैमा नीतुले थप्दै भनिन्, ‘जब म बाहिर जान्थे तब रणवीरलाई मेरो छोरीलाई हात लगाउने होइन भन्थे।’

शोमा कपिलसँगै अर्चना पुरण सिंह, कृष्ण अभिषेक, कीकू शारदा र सुनील ग्रोवरलगायतले प्रस्तुति दिइरहेका छन्। ६ वर्षपछि शोमा सुनील ग्रोवरले कमब्याक गरेका हुन्।

कपिल र सुनीलबीच झगडा भएपछि सुनीलले शो छाडेका थिए। सुनीललाई कपिलले जहाजमा दुर्व्यवहार गरेका थिए। यो विवाद बढ्दै गएपछि सुनीलले शो छाडेका हुन्।


प्रकाशित मिति : २०८० चैत्र १९, सोमबार गते

धेरै पढिएको

ताजा समाचार