चेन्नई सुपरकिंग्सको लगातार दोस्रो जित


आइपिएल २०२४ मा चेन्नई सुपरकिंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ।

चेन्नईले मंगलबार राति भएको खेलमा गुजरात टाइटन्सलाई ६३ रनले पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा २०६ रन जोड्यो। उसका लागि ओपनरद्वय कप्तान रुतुराज गायकवाड र रचिन रविन्द्रले ४६-४६ रन जोड्दा शिभम् दुवेले ५१ रन बनाए।

२०७ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेटको क्षतिमा १४३ रन मात्र जोड्न सक्यो। उसका लागि साई सुदर्शनले सबैभन्दा बढी ३७ रन जोडे।

बलिङमा चेन्नईका दीपक चाहर, मुस्ताफिजुर रहमान र तुसार देशपाण्डेले २-२ विकेट लिए।


प्रकाशित मिति : २०८० चैत्र १४, बुधबार गते

धेरै पढिएको

ताजा समाचार