नेपाली क्रिकेट सकारात्मक बाटोमा : आइसिसी अध्यक्ष बार्कले


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले नेपाली क्रिकेट सकारात्मक बाटोमा अगाडि बढेकोमा खुशी ब्यक्त गर्नुभएको छ ।

चारदिने नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष बार्कलेले बुधबार सञ्चारकर्मीसँग छलफल गर्दै नेपालले छोटो समयमा क्रिकेटमा गरेको प्रगतिले विश्व समुदायलाई उत्साहित बनाएको पनि बताउनुभयो ।

May be an image of 3 people, dais and text that says 'CAN International Cricket Council CAN Cricket CrcetCo. International Cricket Council CAN International Cricket Council CAN International Cricket Council CAN CAN ternationa Cricket Counc International Cricket Council CAN Internati Cricket tional Council CAN C” CAN tional Council'

‘‘क्रिकेट खेलको विकासका लागि नेपाल सरकार, सरोकारवाला निकाय र नेपाल क्रिकेट सङ्घ (क्यान) को चासो तारिफ योग्य छ । नेपालले अन्य एसोसिएट राष्ट्रले गरेको गतिविधिलाई पनि नियाल्न आवश्यक छ । आसन्न आइसिसी टी–२० विश्वकप खेल्दै गरेको नेपालले आगामी दिनमा थप प्रगति गर्नेमा म विस्वस्थ छु । आइसिसीले नेपालले तय गरेको लक्ष्यमा आवश्यकता अनुसार सहयोग गर्ने हो । यहाँको महत्वकांक्षा र लक्ष्य अनुरुप क्रिकेटलाई अगाडि लैजान आइसिसी सहयोग गर्न सँधै तत्पर छ,’’ बार्कलेले भन्नुभयो ।

आइसिसीले नेपाललाई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न दिन र न्युटल भेन्युको रुपमा छनोट गर्न यहाँको संरचनालाई पनि ध्यान दिनुपर्ने बार्कलेको भनाई छ । बार्कलेले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीसँग छुट्टाछुट्टै भेट र छलफल गर्नुभएको थियो ।

May be an image of 3 people and text

छलफलका क्रममा नेपालको सबै ‘स्टेक होल्डर’ले यहाँको क्रिकेट खेलको विकासमा चासो देखाएको आफुले पाएको पनि अध्यक्ष बार्कलेले बताउनुभयो । उहाँले आइसिसीको सहयोग र नेपाल सरकारको समेत लगानीमा बनेको मुलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको समेत अवलोकन गर्नुभएको थियो ।

May be an image of 6 people, piano and text

यस्तै क्यानका सचिव पारस खड्काले बार्कलेको भ्रमणले नेपाली क्रिकेटको बास्तविक अवस्थालाई आइसिसीले नजिकबाट हेरेको र नेपाली क्रिकेटमा विगतमा देखिएको अन्योलता पूर्ण रुपमा निवारण भएको बताउनुभयो । खड्काले आइसिसीले मुख्यगरी नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने आइसीसी यू–१९ विश्वकपलाई विशेष रुपमा चासो दिएको पनि बताउनुभयो ।

May be an image of ‎5 people and ‎text that says '‎CAN International CAN nternational CAN CAN International CAN CAN CAN International CAN CAN International International national Cricket Council CAN Internation Cricket International Cricket International Cricket Council CAN Internationa Cricket CAN International ational Cricket Û CAN CAN ational ouncil CAN International Cricket Council International Cricket আ ل CAN Cricke CAN Internati Cricket Coun ncil 人VAUAUA CAN CAN tion Coun national Council International Cricket Council‎'‎‎

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसिसी अध्यक्ष बार्कलेको भ्रमणले नेपाली क्रिकेटको विकासमा थप माहोल बनेको बताउनुभयो । कार्यक्रममा क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, कोषाध्यक्ष पदम खड्कालगायत पदाधिकारीको उपस्थिति रहेको थियो । अध्यक्ष बार्कले बिहीबार भारत जानुहुनेछ ।

May be an image of 7 people, dais and text that says 'tional ouncil CAN Internationa Cricket Council CAN C International Û CAN Internationa Cricket Council CAN International CiketCou International ational C 01 CAN CAN International Û CAN national Council CAN International CricketCoun International Cricket Council ernational Cric CAN Interna C International'


प्रकाशित मिति : २०८० चैत्र ८, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार