एजेन्सी – मेजर लिग सकर टोली इन्टर मियामीले आज बिहान सम्पन्न खेलमा रोमाञ्चक बराबरी दर्ता गरेको छ । अन्तिम मिनेटमा गोल गर्दै मियामीले न्याशभिल विरुद्ध कोन्काकाफ च्याम्पियन्स कप अन्तर्गतको पहिलो चरणको पहिलो लेगमा बराबरी खेलेको हो ।
मियामीले दुई गोलले पछि परेको अवस्थाबाट खेलमा बराबरी गरेको थियो । न्याशभिलका लागि जेकब श्याकेलवर्गले दुवै हाफको सुरुवाती समयमा गोल गर्दै दुई गोलको अग्रता दिलाएका थिए । उनले खेलको चौथो र ४६औं मिनेटमा गोल गरेका थिए ।
५२औं मिनेटमा लियोनेल मेस्सीले बक्सको छेउबाट गोल गर्दै खेलमा न्याशभिलको अग्रता घटाएका थिए ।
यस्तै, इन्ज्युरी समयको पाँचौं मिनेटमा सर्जियो बुस्केट्सको क्रसमा हेडर मार्फत गोल गर्दै खेलमा बराबरी गरे ।
बराबरी सँगै मियामीलाई दोस्रो लेगका लागि दुई अवे गोलको सहायता समेत रहनेछ । दोस्रो लेग आउँदो बिहीबार बिहान इन्टर मियामीको घरेलु मैदानमा हुनेछ ।

