लामो फिल्मी यात्रामा उनले आफ्नो पारिश्रमिक पनि बढाएका छन्। उनी भारतका सबैभन्दा महंगा अभिनेता हुन्। दक्षिण भारतीय फिल्म ‘लाल सलाम’ मा उनी ४० मिनेट अभिनय गरेका छन्।
उनले यो फिल्मबाट उनले करोडौं पारिश्रमिक लिएका छन्। उनले मिनेटको दरले ४० करोड भारू पारिश्रमिक लिएका छन्। शुक्रबारदेखि सिनेमाघरमा रिलिज हुन लागेको फिल्मलाई रजनीकान्तकी छोरी ऐश्वर्याले निर्देशन गरेकी छन्।
अघिल्लो वर्ष रिलिज भएको उनको फिल्म ‘जेलर’ ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। ७३ वर्ष उमेर पुगिसकेका उनीमा अभिनय गर्ने हुटहुटी ताजा देखिन्छ।

