बार्सिलोनाको पोस्टमा चार गोल गर्दै रियलले जित्यो स्पेनिस सुपर कप


भिनिसियस जुनियरले पहिलो हाफमा ह्याट्रिक गरेपछि रियल म्याड्रिडले बार्सिलोनालाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ।

आइतबार राति साउदी अरेबियामा भएको एल क्लासिको भिडन्तमा बार्सिलोनालाई ४-१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो।

रियलको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरे। उनले ७ र १० मिनेटमा गोल गर्दै रियलले सुरूवातमै २-० को अग्रता लियो।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोवस्कीले ३३ मिनेटमा गोल गरे।

भिनिसियसले ३९ मिनेटमा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

रियलका लागि रोद्रिगोले ६४ मिनेटमा चौथो गोल गरे। बार्सिलोनाका अरउजोले ७१ मिनेटमा रातो कार्ड पाउँदा उनको टिम १० खेलाडीमा सीमित बन्यो।

एल क्लासिकोमा म्याड्रिडको यो लगातार तेस्रो जित हो। रियलले १३ औं सुपर कप समेत जित्यो। बार्सिलोनाले कीर्तिमानी १४ उपाधि जितेको छ।


प्रकाशित मिति : २०८० माघ १, सोमबार गते

धेरै पढिएको

ताजा समाचार