सन् २०२३ मा १६ लाख नेपाली विदेश पुग्दा,कति नेपाली विदेशबाट फर्किए त!


सन् २०२३ मा १६ लाख तीन हजार ८३६ जना नेपाली  विदेशमा पुगेका छन्।  यो संख्यामध्ये आठ लाखभन्दा बढी रोजगारीको लागि मात्रै  र थप ८ लाख नेपाली अन्य विविध कारण विदेश पुगेका छन्।  

रोजगारीपछि घुम्न जानेको संख्या धेरै छ। यो वर्ष दुई लाख चार हजार ५१८ जना घुम्ने प्रयोजनमा विदेश पुगेको तथ्यांक छ।  करिब ७१ हजार नेपालीले त स्थायी बसोबास गर्नकै लागि  विदेशिएको विवरण खुलाएका छन्।  अध्यागमन विभागका महानिर्देशक रूद्रसिंह तामाङका अनुसार यो तथ्यांकमा वर्षमा १० पटकसम्म विदेश जाने र फर्कने १० जना समावेश छन्।

Record high: Over 740,000 individuals secure govt permits for foreign  employment in Nepal | Fiscal Nepal

त्यसो भए यो समयमा कति नेपाली विदेशबाट फर्किए त!

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा १२ लाख ६३ हजार ४६९ जना नेपाली विदेशबाट फर्किएका छन्। यसमा नेपाली नागरिकता भएका व्यक्तिको मात्रै संख्या गणना गरिएको छ।  विभागको तथ्यांकले सन् २०२३ मा विदेश गएको कारण नेपालमा बस्नेको संख्या तीन लाख ४० हजार ३६७ घटेको देखाउँछ। यो वर्ष गएकामध्ये कति फर्किए भन्ने तथ्यांक अध्यागमन विभागसँग पनि छैन।

‘तथ्यांक २०२३ को भए पनि विगतका वर्षहरूमा गएर यो वर्ष फर्कनेको संख्या पनि गणना भएको छ। यो तथ्यांकले सम्बन्धित वर्ष नै गएका मध्ये कति फर्किएका छन् भन्ने तथ्यांक खुलाउँदैन’ महानिर्देशक तामाङले सेतोपाटीसँग भने। विभागको तथ्यांकअनुसार सन् २०२३ मा सबैभन्दा धेरै नेपाली गएका १५ देशमध्ये दुइटा देशबाट फर्कनेको संख्या बढी छ। त्यस्तै १३ वटा देशमा जानेको संख्या बढी छ।

Nepali migrant workers returning home from labour destination countries  without wages

यो वर्ष भारतबाट दुई लाख २०८ जना नेपाली फर्किएका छन्।  भारत जानेको संख्या एक लाख ८१ हजार १६ जना छ।  त्यस्तै कतारबाट एक लाख ९२ हजार ८८९ जना फर्किदा कतार जानेको संख्या एक लाख ७९ हजार ४४१ जना पुगेको छ। सन् २०२३ मा सबैभन्दा धेरै मलेसियामा ६४ हजार ३८२, दुबईमा ५३ हजार ९२९, जापान, ३६ हजार ९१८ जना नेपाली थपिएका छन्। त्यस्तै  अष्ट्रेलियामा ३५ हजार ९६६,  साउदीअरबमा २९ हजार ६७२, बेलायतमा २२ हजार ८५६ जना  र अमेरिकामा  २१ हजार २६३ जना नेपाली थपिएका छन्। 

Number Of Nepali Workers Going For Foreign Employment Decline Sharply |  Investopaper

सन् २०२३ मा नेपालबाट जानेफर्कने र सम्वन्धित देशमा थपघट भएको नेपालीको संख्या
देश जाने फर्कने थपघट
मलेसिया १६५२०१ १००८१९ ६४३८२
युएई २७१०८८ २१७१५९ ५३९२९
जापान ८२७७२ ४५७७४ ३६९९८
अष्ट्रेलिया १०५३४३ ६९३७७ ३५९६६
साउदी अरब १३६२०३ १०६५२९ २९६७४
बेलायत ५३४१० ३०५५३ २२८५७
अमेरिका ६७८१० ४६५४७ २१२६३
क्यानडा २३२८९ ४६५८ १८६३१
दक्षिण कोरिया ३४८६४ १९०३० १५८३४
रोमनिया ११२८२ २५४९ ८७३३
कुवेत ४८१०३ ४४३५७ ३७४६
थाइल्याण्ड ३०१८४ २७४१२ २७७२
ओमान १२३८३ १०५२६ १८५७
कतार १७९४४१ १९२८८९ -१३४४८
भारत १८१०१६ २००२०८ -१९१९२
अन्य २०१४४७ १४५०८२ ५६३६५


प्रकाशित मिति : २०८० पुष २९, आईतवार गते

धेरै पढिएको

ताजा समाचार