अभिनेत्री नयनताराविरुद्ध उजुरी दर्ता


दक्षिण भारतीय अभिनेत्री नयनताराविरुद्ध उजुरी दर्ता भएको छ।

‘अन्नपूर्णी’ फिल्ममा उनले अभिनय गरेकी थिइन्। यो फिल्मले धार्मिक भावनामा ठेस पुर्‍याएको भन्दै भारतको जबलपूरमा नयनताराविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Annapoorani - The Goddess of Food (2023) - Movie | Reviews, Cast & Release  Date in kochi- BookMyShow

हिन्दु सेवा परिषदले फिल्मलाई विरोध गर्दै ओमन प्रहरी थानामा उजुरी दिएको थियो। हिन्दु सेवा परिषदले धार्मिक अगुवालाई गलत प्रकारले बुझाएको भन्दै विरोध गरेका छ। फिल्ममा नयनताराले पुजारीको छोरी पात्र बनेर भूमिका गरेकी थिइन्।

फिल्ममा उनले पुजारीको छोरी भएर पनि मासु पकाएको, खाएको र हिन्दु भएर हिजाब लगाएर नमाज पढ्दै मुस्लिम धर्मलाई बढुवा दिएको भन्दै हिन्दु धार्मिक अगुवाहरूले विरोध गरेका हुन्। भारतमा ब्राह्मण समुदायका धेरैले मासु खाँदैनन्।

Annapoorani Full Movie in Tamil Hindi Dubbed | Nayanthara | Jai | Sathyaraj  | Story Explanation - YouTube

विवाद बढ्दै गएपछि नेटफ्लिक्सले फिल्म हटाएको छ। १ डिसेम्बरमा हलमा रिलिज भएको फिल्म २९ डिसेम्बरमा ओटिटीमा रिलिज भएको थियो। फिल्मले सामाजिक सञ्जालमा भने सकारात्मक प्रतिक्रिया पाएको छ।


प्रकाशित मिति : २०८० पुष २९, आईतवार गते

धेरै पढिएको

ताजा समाचार