काठमाडौँ । फेसन डिजाइरको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस सिजन ९’ मा ४ विजेता छानिएका छन् । ‘लुक आइ क्यान फ्लाई’, ‘तक्स एण्ड तिआरा’, ‘एक्स्कुइजित क्रप्स, ‘मेतालिक एण्ड इथ्लेजर’ थिममा चार विजेता छानिएका हुन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा ‘लुक आइ क्यान फ्लाइ’तर्फ माया गुरुङ बिजेता बन्दा ‘तक्स एण्ड तिआरा’तर्फ फर्जाना खातुन विजेता भइन् । ‘एक्स्कुइजित क्रप्स’ र ‘मेतालिक एण्ड इथ्लेजर’ तर्फ क्रमशः प्रिया घिमिरे र एन्जोली महर्जन विजेता बने ।
एन्जोलीले अनुशासन विधामा अवार्ड जितिन् । विजेता सबैले नगद सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । विजेतालाई प्रतिनिधि सभा सदस्य तथा कांग्रेस केन्द्रिय सदस्य आरजु देउवाले पुरस्कार प्रदान गरिन् ।


