लिबियामा डुंगा दुर्घटना : ६० आप्रवासी बेपत्ता


काठमाडौं । लिबियाको तटमा डुंगा दुर्घटना हुँदा ६० भन्दा बढी आप्रवासी बेपत्ता भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले जनाएको छ ।

डुंगा दुर्घटनामा बाँच्न सफलहरूलाई उद्धृत गर्दै संयुक्त राष्ट्र संघीय एजेन्सीले लिबियाको जुवारा सहरबाट यात्रा सुरु गरेको पानी जहाजमा ८६ जना सवार रहेको बताएको छ ।

ठूलो छालले डुंगा बगाएको र बालबालिकासहित ६० आप्रवासी बेपत्ता भएको बताइएको छ ।

भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्न खोज्ने आप्रवासीका लागि लिबिया मुख्य प्रस्थान विन्दु बनेको छ ।


प्रकाशित मिति : २०८० पुष १, आईतवार गते

धेरै पढिएको

ताजा समाचार