नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा सम्मान – २०७८” द्वारा सम्मानित भएका राजन गौतम बन्न पुगे रास्वपाको केन्द्रिय सदस्य


२३ मंसिर २०८० । राजनीतिक शास्त्रमा स्नातकोतर गरी बिधाबरिधि गरेका देवचुली-१६, रजहर नवलपरासीका राजन गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय सदस्य मनोनित भएका थिए । २०७९ मङ्सिर ४ को आम निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ को राष्ट्रिय स्वतन्त्र पार्टीको उमेदवार हुदै काङ्ग्रेसका उम्मेदवार डा.शशांक कोईरालाला, एमालेका कृष्ण पौडेल लगाएत सङ्ग प्रतिस्पर्धा गरि २४३०५ मत प्राप्त गरेको। २०७९ माघ २१ गतेको रास्वपा गण्डकी प्रदेशको बिस्तारित बैठकबाट प्रदेश सभापति हुँदै अहिले केन्द्रिय सदस्य । गौतम सुरुवातदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय थिए । उनले चितवन क्षेत्र नम्वर २ मा सभापति रवि लामिछानेलाई बिजयी बनाउन सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको जन्म देवचुली–१६, रजहर, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा भएको थियो । पिता स्व.पूर्ण प्रसाद गौतम र माता जीत कुमारी गौतमको कोखमा उनको जन्म २०४३/०६/१३ गते भएको थियो । पढाईमा र अतिरिक्त कार्यमा सानै देखि तिखारिएका उनले शिक्षाशास्त्रसँगै व्यवस्थापन शास्त्र, राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरी विधावारीधी (PHD) अध्ययनरत गरेर आफुलाई पूर्ण रुपमा अब्बल बनाए ।

आफुलाइ फरक फरक क्षेत्रमा अब्बल बनाउदै अनि विभिन्न अनुभव बटुल्दै र काम गर्दै अगाडी बढ्दै जादा खगीसरा ढकाल उनको जीवन संगिनीको रुपमा जोडिन पुग्नु भयो । गौतमको यस यात्राको एउटा खम्बाको रुपमा देखा पर्दै र गौतमलाइ हरेक यात्रामा सहयोग गर्दै जानुलाइ नै यो यात्रा सफल हुनुको कारण पनि भन्छन गौतम ।

राजनले आफुलाई चिनाउनुमा र यो दर्जामा आउनका लागि प्रमुख हात यी सबै अनुभवलाइ सम्झिन्छन र भन्छन मैले  ” क्याम्पस प्रमुख, देवचुली कलेज, रजहर ,केन्द्रीय उपाध्यक्ष, युवा प्रतिभा तथा युवा उधमी संजाल, पूर्व अध्यक्ष, रजहर जेसिज – २०२०, पूर्व केन्द्रीय, उपाध्यक्ष, नेपाल जेसिज – २०२१, पूर्व प्र.अ. ओएसिस ई. वोर्डीङ्ग स्कुल, फारम रजहर ,पूर्व संयोजक, विज्ञान तथा प्राविधिक शाखा, देवचुली मा. वि रजहर, पूर्व शिक्षक, अमर मा. वि, अमरापुरी, पूर्व प्रोप्राइटर ओएसिस एकेडेमी फर मल्टिपल इन्स्टिच्युट, उपाध्यक्ष, देवचुली भु.पू विद्यार्थी समाज” ।  

यो अनुभव र संग्लगनतालाइ मध्य नगर गर्दै उनि “नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा सम्मान – २०७८” द्वारा सम्मानित भए ।
त्यति मात्र हैन उनलाई  “उत्कृष्ट क्षेत्र ‘घ’ शाखा अध्यक्ष नेपाल जेसिज – २०२०” को पदले पनि सम्मानित गरियो र  विभिन्न क्षेत्रमा तालिम लिई नेपाल जेसिजको TOT ( प्रशिक्षक) बाट दिक्षीत पनि गरियो ।

 


प्रकाशित मिति : २०८० मंसिर २३, शनिबार गते

धेरै पढिएको

ताजा समाचार