काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले बढेको परिसूचक बिहीबार ११ .७३ अंकले बढेर १८५२.७७ विन्दुमा कायम भएको हो।
यसदिन १२ उपसूचकमा हरियाली छाएको छ। बैंकिङ समूहको ०.६१ प्रतिशत,डेभलपमेन्ट समूहको ०.५६ प्रतिशत,फाइनान्स समूहको ०.६९ प्रतिशत,होटल तथा पर्यटन समूहको ०.६५ प्रतिशतले बढेको छ।
यसैगरी हाइड्रोपावरको १.०३ प्रतिशत,इन्भेस्टमेन्टको समूहको ०.८३ प्रतिशत,लाइफ इन्स्योरेन्स ०.०८ प्रतिशत र नन लाइफ इन्स्योरेन्सको २.११ प्रतिशतले बढ्यो।
यसदिन ट्रेडिङ समूहको परिसूचक ०.५० प्रतिशतले घट्यो। त्रिशूली वल विद्युतका लगानीकर्ता सर्वाधिक कमाए। कम्पनीको सेयर १० प्रतिशतले बढ्यो।
समाज लघुवित्त वित्तीयको ९.९७ प्रतिशत,सीवाईसी नेपाल लघुवित्त वित्तीयको ९.९१,नविल ब्यालेन्स फन्ड-२ को ९.४८ र आशा लघुवित्त वित्तीय संस्थाको ७.०५ प्रतिशतले सेयर मूल्य बढ्यो।
आज यसैगरी सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीयका लगानीकर्ताले गुमाए। कम्पनीको मूल्य ७.८१ प्रतिशत घट्यो। मन्दाकनी हाइड्रोपावर,विजय लघुवित्त वित्तीय,मेन्छियाम हाइड्रोपावर र सिटीजन लाइफ इन्स्योरेन्सका लगानीकर्ता पनि सर्वाधिक गुमाउनेमा परे।
कारोबार रकमका आधारमा नेपाल रि-इन्स्योरेन्स कम्पनी लि प्रोमोटर सेयर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८६ करोड ८३ लाख ७८ हजार १०० रुपैयाँको कारोबार भयो।
दोहोरो अंकले बढेको सेयर बजारमा २९९ स्क्रिप्टको ९५ लाख ५ हजार ६०८ कित्ता सेयर २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भयो। यसदिन १७५ स्क्रिप्टको मूल्य बढ्दा ५७ वटाको घट्यो भने ८ को स्थिर रह्यो।