आज प्रधानमन्त्री ‘प्रचण्ड’ यूएईबाट स्वदेश फर्किंदै


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदै छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन् ।

प्रधानमन्त्री आज साँझ नेपाल आइपुग्ने सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीले शनिबार सम्मेलनमा सम्बोधन गरेका थिए ।

सम्मेलनमा विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवं हानिकारक असर भोगिरहेको बताएका थिए ।


प्रकाशित मिति : २०८० मंसिर १७, आईतवार गते

धेरै पढिएको

ताजा समाचार