साइको थ्रिलर फिल्म ‘जम्प’ को गीत सार्वजनिक


साइको थ्रिलर फिल्म ‘जम्प’ को गीत सार्वजनिक भएको छ।

क्रियटिभ माकुरा युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘फेरि फर्किन्छ’ बोलको गीत सार्वजनिक भएको हो। भास्कर स्वर र विशाखा चन्दले गाएको गीतमा भास्करकै शब्द तथा संगीत छ।

निर्देशक आशुतोषध्वज कार्कीले निर्देशन गरेको फिल्ममा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मञ्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोश्मा रञ्जित,सुदिप भुषाल, इलिस विष्ट, रितेश राजकर्णिकारलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक कार्कीले लेखेका हुन्।

इशा खड्का कार्यकारी निर्माता रहेको फिल्मलाई गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गर्दैछ।

यो फिल्म मंसिर २९ गतेदेखि प्रदर्शन हुँदैछ।

 


प्रकाशित मिति : २०८० मंसिर १७, आईतवार गते

धेरै पढिएको

ताजा समाचार