काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार सुदूरपश्चिमकाे बैतडीबाट ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु गरेकाे छ।
तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियानको एमालेका अध्यक्ष केपी ओलीले आज बिहान साढे आठ बजे झण्डाेत्ताेलन गरेर सुरुवात गरे।
एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राको अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्ताेलन गरेपछि अभियानको सुरुआत भएकाे छ।
पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ। यात्राका क्रममा एमालेले जनाका समस्या सुन्ने, विकास निर्माणको अवस्थाबारे जानकारी लिने, विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने योजना एमालेकाे छ।
अभियान पाँचथरको चिवाभज्याङमा समापन हुनेछ। एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ।